भूतपूर्व सैनिक संघ सिन्धुपाल्चोकद्वारा राजधानीमा उम्मेदवार परिचयात्मक कार्यक्रम
काठमाडौँ । नेपाल भूतपूर्व सैनिक संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकद्वारा आयोजित उम्मेदवार परिचयात्मक कार्यक्रम राजधानी काठमाडौँमा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवबहादुर सुनारले सबैलाई एकजुट भएर कांग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गरे।
