SHARE
बासुरी खबर · बुधबार १२ कात्िक २०८३ ०२:४६ AM · 1 मिनेट पढाइ

भारी वर्षाको पूर्वानुमानपछि सिन्धुपाल्चोकमा पनि अलर्ट जारी, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

सिन्धुपाल्चोक । सम्भावित भारी वर्षा, बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कार्यालयले कात्तिक १२ गतेदेखि १४ गतेसम्म बागमती प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानका आधारमा सूचना जारी गरेको हो।