तल्लो बलेफी हाइड्रोपावरले स्थानीयको माग सम्बोधन नगरे भन्दै गराए ध्यानाकर्षण
बलेफी l तल्लो बलेफी जलविद्युत आयोजनाले आयोजना निर्माण गर्दा स्थानीयको माग सम्बोधन नगरेको भन्दै प्रभावित क्षेत्रका स्थानीय वासिन्दाले आयोजनालाइ एक हप्ताको अल्टिमेटम सहितको ध्यानाकर्षण पत्र बुझाएका छन् । निर्माणधीन २२ मेघावाटको जलविद्युत आयोजनालाई ध्यानाकर्षण पत्र बुझाउन पुगेका स्थानीय युवाहरुले प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायीको काम नगरेको भन्दै आयोजना स्थल पुगेका हुन् ।
