राष्ट्रसेवक सहकारी संस्था सिन्धुपाल्चोकको चौथो साधारण सभा सम्पन्न
नेपाल निजामती कर्मचारी संगठनको अविभावकत्वमा स्थापित तथा सञ्चालित राष्ट्रसेवक सहकारी संस्था लिमिटेड, सिन्धुपाल्चोकको चौथो साधारण सभा विविध एजेण्डामाथि छलफल तथा निर्णय गर्दै सम्पन्न भएको छ। साधारण सभा राष्ट्रसेवक सहकारी संस्था लि। चौताराका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।
