SHARE
पर्दाफास · आइबार​ १३ पु २०८२ ०३:४३ PM · 1 मिनेट पढाइ

राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको खर्च निर्धारण गरेको छ । राष्ट्रियसभा निर्वाचन नियमावली, ०७३ अनुसार खर्च निर्धारण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार, एक उम्मेदवारले १० शीर्षकमा गरी तीन लाख ५० हजार खर्च गर्न पाउनेछन् ।