बालेनसँग भेटेपछि बाबुराम भन्छन्- नयाँ र वैकल्पिक शक्तिहरू एक हुँदा मेरो समर्थन रहन्छ
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् । बिहीबार ज्वागलमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहसँगको भेटपछि यस्तो प्रतिक्रिया दिएका हुन् । उनले आफू नयाँ र वैकल्पिक शक्ति एक भएर अघि बढ्न सुझाव दिन आएको बताए ।
