आज क–कसले भेटे बालेनलाई ?
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई भेट्न हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनार पनि कुपन्डोल पुगेका छन् । बिहीबार कुपन्डोल पुगेका सुनारले पत्रकारहरुसँग बोल्दै आउँदै गरेको चुनावमा केपी ओलीको मुख र काङ्ग्रेसको रुख देखिन नहुने कुरामा हिजो पनि स्पष्ट रहेको र आज पनि स्पष्ट रहेको बताए ।
