सिद्धार्थ बैंकको २३ औँ वार्षिकोत्सवमा लाइफटाइम फ्री क्रेडिट कार्ड अफर
सिद्धार्थ बैंकले आफ्नो २३औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि लाइफटाइम फ्री क्रेडिट कार्ड अफर सार्वजनिक गरेको छ । उक्त अफर डिसेम्बर २५, २०२५ देखि जनवरी २३, २०२६ ९३० दिन० सम्म सञ्चालन रहनेछ । जस अन्तर्गत स्ट्यान्डर्ड क्रेडिट कार्डमा लाग्ने आबद्ध शुल्क तथा पहिलो वर्षको वार्षिक शुल्क पूर्ण रूपमा छुट दिइने व्यवस्था गरिएको छ ।
