SHARE
पर्दाफास · बुधबार ९ पु २०८२ १०:२० AM · 1 मिनेट पढाइ

शहीद परिवारप्रति बेवास्ता गरेको आरोप लगाउँदै आन्दोलनको घोषणा

शहीद परिवारप्रति बेवास्ता गरेको आरोप लगाउँदै शहीद परिवारका सदस्यहरूले आन्दोलन गर्ने घोषणा गरेका छन् । मधेस सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आइरहेकोमा यस वर्ष कुनै तयारी नगरिएको र मधेसमा रहेका शहीद परिवारलाई दिइँदै आएको राहत प्याकेज समेत अड्काएर राखेको उनीहरूको आरोप छ ।