साँझ ७ बजेदेखि एमाले नेतृत्व चयनका लागि मतदान
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान हुने भएको छ । पार्टी केन्द्रीय निर्वाचन आयोगले साँझ ७ बजेदेखि मतदान प्रक्रिया सुरु हुने जानकारी दिएको हो । आयोगका अनुसार मतदान भोलि (पुस २) बिहान १ बजेसम्म सञ्चालन हुनेछ ।
