चिरिबाबुको दाबी– ‘मैले जे बोलेको थिएँ ललितपुरमा ती सबै पूरा गरेँ’
काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो नगरपालिकाले सबै नगरपालिकाहरु भन्दा राम्रो काम गरेको दाबी गरेका छन् । २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ को अवसरमा शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । मेयर महर्जनले आफूले बोलेका सबै कुरा पूरा गरेको दाबी समेत गरे ।
