SHARE
पर्दाफास · बिहीबार ४ मंिर २०८२ १२:३६ PM · 1 मिनेट पढाइ

निर्वाचनका लागि सेना परिचालन गर्न सुरक्षा परिषद्को सिफारिस

राष्ट्रिय सुरक्षा परिषद्ले निर्वाचनका लागि सेना परिचालन गर्ने निर्णय गर्दै त्यसका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । परिषद्को सिंहदरबारस्थित कार्यालयमा बसेको ४१ औं बैठकले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सेना परिचालन गर्न सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको परिषद्का सदस्य सचिव तथा रक्षा सचिव सुमनराज अर्यालले बताए ।