SHARE
अन्नपूर्ण · आइबार​ २३ कात्िक २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

विद्रोही सांसद रहबर अन्सारी

जनकपुरधाम : नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य रहबर अन्सारीको विद्रोहले मधेश प्रदेश सरकार ढलेको छ। अन्सारीले मधेश प्रदेशसभाको रोस्टमबाट मधेश सरकारको औचित्य र नैतिक धरातल सकिएकाले आफ्नै मुखमा कालोमोसो दलेर सरकारलाई विश्वासको मत दिन नसकिने बताउँदै आफ्नो अडानमा कायम भएपछि सरकार ढलेको हो।नेकपा माओवादी केन्द्रको ह्विप उल्लंघन गर्दै विद्रोही सांसद अन्सारीले एकपछि अर्को दलले पालैपालो सिद्धान्त, विचार र राजनीतिक चरित्रको सामान्य नियम समेत पालना नगरेर गठजोड गरेको प्रति असन्तुष्टि जनाए।