SHARE
मकालु खबर · शनिबार २२ कात्िक २०८२ ०९:३७ AM · 1 मिनेट पढाइ

समयमै निर्वाचन हुने वातावरणको सुनिश्चितता अहिलेको आवश्यकता: अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले समयमै निर्वाचन हुने वातावरणको सुनिश्चितता अहिलेको आवश्यकता भएको बताएका छन् । शनिवार काठमाडौँमा महासंघद्वारा आयोजित राष्ट्रिय वृहत् आर्थिक बहस २.० लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो माग गरेका हुन् । उनले दिगो शान्ति, स्थायित्व र समृद्धिका लागि सबैको प्रयास अहिलेको समयमा आवश्यक रहेको जिकिर गरे ।