SHARE
मकालु खबर · शनिबार २२ कात्िक २०८२ ०१:४८ PM · 1 मिनेट पढाइ

सप्तरीका भारतसँग जोडिएका नाका ३ दिन बन्द हुने

काठमाडौँ । भारतको विहार राज्यमा हुने विधान सभा आमनिर्वाचनलाई मध्यनजर गरी सप्तरीको सीमावर्ती नाका आइतबार रातिदेखि बन्द गरिने भएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेलले सार्वजनिक गरेको सूचनामा भारतको विहार राज्यमा हुने विधान सभा निर्वाचनका कारण सप्तरीसँग जोडिएका सीमानाका तीन दिनसम्म बन्द गरिने निर्णय गरिएको हो ।