पथरी शनिश्चरे गोल्डकपः पाँचथर सेमिफाइनल प्रवेश
पथरी । सङ्कटा क्लब काठमाडौँलाई पराजित गर्दै पाँचथर क्लब ‘अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप २०८२’ को दोस्रो चरणमा प्रवेश गरेको छ । आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा सङ्कटालाई ०–१ गोलअन्तरले हराउँदै पाँचथरले सेमिफाइनलको यात्रा तय गरेको हो । गोल गर्न नसक्दा गत वर्षको उपविजेता टोली सङ्कटा पहिलो खेलबाटै बाहिरिएको छ ।
