नदिजन्य पदार्थ उत्खननमा संलग्न दुई ट्याक्टर प्रहरीको नियन्त्रणमा
काठमाडौं । स्याङ्जाको भीरकोट नगरपालिका-७ बलमाटाबाट अवैध रूपमा नदिजन्य पदार्थ (ढुंगा) उत्खनन तथा ओसारपसार कार्यमा संलग्न दुई वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी दहथुमबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा ग१ त ५०३९ र ग१ त ६२६३ नम्बरका ट्याक्टरलाई ढुंगा लोड गरिरहेको अवस्थामा सोमबार दिउँसो नियन्त्रणमा लिएको हो ।
