जेनजी आन्दोलनका घाइतेका लागि निःशुल्क मनोसामाजिक परामर्शको व्यवस्था
काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा। सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छन् । मन्त्री गौतमले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गर्दै उनले जेन–जी आन्दोलनका घाइते तथा प्रभावितको लागि निःशुल्क मनोसामाजिक परामर्शको व्यवस्था गर्ने निर्णय पनि गरेकी छन् ।
