सरकार र मिडियाले हामीलाई छुट्याउने काम नगरोस्: जेनजेड युनाइटेड
काठमाडौँ । जेनजी पुस्ताका युवाहरूलाई एकताबद्ध हुन र शहीदहरूको रगत नबिर्सन खबरदारी गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । जेनजी समूहहरूलाई एकताबद्ध भई शहीदका सपनाहरू पूरा गर्न खबरदारी गर्न जेनजेड युनाइटेडको नामबाट शुक्रवार माइतीघर मण्डलामामा प्रदर्शन गरिएको हो । प्रदर्शनमा बालबालिकाहरू र शहीद परिवारका सदस्यहरू पनि सहभागी छन् ।
