SHARE
मकालु खबर · शुक्रबार​ ७ कात्िक २०८२ १२:४० PM · 1 मिनेट पढाइ

काभा भलिबलमा नेपालको जित

काठमाडौँ । बङ्गलादेशमा जारी सेन्ट्रल एसिया भलिबल सङ्घ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपालले पहिलो जित दर्ता गराएको छ । बङ्गलादेशको ढाकास्थित इन्डोर हलमा आज भएको आफ्नो तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सेटमा हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यस जितसँगै तीन खेलमा नेपालले चार अङ्क बटुलेको छ ।