बृहत् छलफल भइरहेको हो, पार्टी एकताबारे टुङ्गो लागिसकेको छैन: माओवादी केन्द्र
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टी एकताबारे विभिन्न पार्टीसँग बृहत् छलफल भए पनि कुनै पनि दलसँग एकता गर्ने लगायतका विषयमा अन्तिम निर्णय र टुङ्गो लाग्न बाँकी रहेको जनाएको छ ।
