SHARE
मकालु खबर · शुक्रबार​ ७ कात्िक २०८२ ०३:०८ PM · 1 मिनेट पढाइ

रुकुम पश्चिमको बाँफीकोटमा जिप दुर्घटना, सात जनाको मृत्यु, १० जना घाइते

रुकुम पश्चिम । जिल्लाको पश्चिम बाँफीकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ । शुक्रवार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठबिसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गर्दा रा १ ज ४२२ नम्बरको जिप दुर्घटना भएको हो ।