SHARE
Kalo Pati · सोमबार ८ मंिर २०८३ ०६:१० AM · 1 मिनेट पढाइ

कार्तिक नाचको दशौँ दिन नरसिंह अवतार प्रस्तुत, मंसिर ८ गते समापन हुने (तस्बिरहरु)

काठमाडौं । ललितपुरको पाटन दरबार स्क्वायरस्थित कार्तिक डबलीमा सञ्चालन भइरहेको ऐतिहासिक कार्तिक नाचको दशौँ दिन आइतबार साँझ नरसिंह अवतार अर्थात् हिरण्यकश्यपु वधको नाच प्रस्तुत गरिएको छ। कार्तिक २७ गतेदेखि सुरु भएको ऐतिहासिक कार्तिक नाचअन्तर्गत भगवान् विष्णुको नरसिंह अवतारको कथा प्रस्तुत गरिएको हो।