SHARE
मकालु खबर · बिहीबार ६ कात्िक २०८२ ०७:४२ AM · 1 मिनेट पढाइ

पाँच दशकपछि भारत फर्किए शीर्ष नागा विद्रोही नेता मुइवाह

एजेन्सी । करिब पाँच दशकपछि भारतको उत्तरपूर्वी मणिपुर राज्यमा आफ्नो जन्मभूमि फर्किएका वरिष्ठ नागा विद्रोही नेता थुङ्गालेङ मुइवाहको स्वागत बुधबार अत्यन्त हर्षोल्लासका साथ गरिएको छ । ९१ वर्षीय मुइवाहको हेलिकप्टर उखरुल जिल्लाको नीलो आकाशमुनि अवतरण हुँदा हजारौँ स्थानीय नागा नागरिक परम्परागत पोशाकमा स्वागतका लागि उपस्थित थिए ।