SHARE
मकालु खबर · मङगलबार ४ कात्िक २०८२ १०:४२ AM · 1 मिनेट पढाइ

जेनजी घाइतेहरूसँग प्रधानमन्त्रीले भनिन्- चुनाव पनि हुन्छ, भ्रष्टाचारको अनुसन्धान पनि हुन्छ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइतेसँग छलफल गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा घाइतेले सरकारलाई भ्रष्टाचारी र दमनकारी विरुद्ध प्रस्तुत हुन सुझाव दिएका छन् । घाइते रुपिन खड्काको नेतृत्वमा आएको १८ जनाको समूहले क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने बताएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।