महिला साफ च्याम्पियनसिपको लागि योजना बनाउँछु: प्रशिक्षक न्यौपाने
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले आगामी साफ च्याम्पियनसिपका लागि योजना बनाएर अगाडि बढ्ने बताएका छन् । नेपालले आगामी अक्टोबर ३० देखि भारतमा त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगिता र एक मैत्रीपूर्ण फुटबल खेल्दै छ ।
