नियमित महाधिवेशनले मात्रै सबैका माग सम्बोधन गर्न सक्छ, मंसिरको कार्यतालिका ल्याऔं : शेखर कोइराला
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नियमित महाधिवेशनबाट मात्रै सबैको माग सम्बोधन गर्न सकिने बताएका छन्। पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै नेता कोइरालाले महामन्त्रीले मंसिरको कार्यतालिका सार्वजनिक गर्नुपर्ने सुझाव पनि दिए।उनले अन्य राजनीतिक दलले मंसिरमा अधिवेशन गर्ने प्रक्रियामा जुटिसकेकाले कांग्रेसले पनि मंसिरमा १५औं महाधिवेशन गर्नुपर्ने बताए।
