SHARE
अन्नपूर्ण · शुक्रबार​ ३१ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

झापामा माछा मार्न गएका तीन बालिकाको डुबेर मृत्यु

झापा : झापामा माछा मार्न गएका तीन बालिकाको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा गौरादह नगरपालिका-९ खजुरबारी बस्ने अञ्जु मगरकी छोरीहरू ९ वर्षीया स्वीकृति मगर र ७ वर्षीया सुस्मा मगर र  सोही ठाउँकी निर्मला परियारकी ११ वर्षीया छोरी रोशनी परियार रहेका छन्। एकै गाउँका तीन बालिकाको मृत्युले गाउँ नै शोकमा डुबेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ती बालिकाहरू कृष्ण खोलामा जमेको पानीमा माछा मार्न गएका थिए।