संसद् विघटनबारे सभामुखले गरे पूर्वमहान्यायाधिवक्ता र बारका पदाधिकारीसँग छलफल
काठमाडौं : संसद् विघटनविरुद्ध सर्वोच्चमा रिट परेको अवस्थामा सभामुख देवराज घिमिरेले संवैधानिक, राजनीतिक तथा व्यावहारिक दृष्टिकोणहरू बनाउन पूर्वमहान्यायाधिवक्ता तथा बार एसोसिएसनका पदाधिकारीसँग अलग–अलग छलफल गरेका छन्। उनले आफूले विगतको अभ्यासका आधारमा संविधानको परिधिभित्र रहँदै लोकतान्त्रिक मर्यादामा रहेर निर्णय लिने बताए।
