SHARE
अन्नपूर्ण · शुक्रबार​ ३१ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

राजनीतिक दलहरूलाई आयोगले भन्यो- निर्वाचनमा सक्रिय रूपमा सहभागी हुनू

काठमाडौं : निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन राजनीतिक दलहरूलाई आग्रह गरेको छ। बिहीबार काठमाडौंमा आगामी निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरूसँग छलफल गर्दै आयोगले निर्वाचन घोषणा भई तयारी सुरु भएको अवस्थामा निर्वाचनको वातावरण सृजना गरी सक्रिय हुन दललाई आग्रह गरेको हो। छलफलमा राजनीतिक दलका प्रतिनिधिहरूले सरकारले निष्पक्ष र भयरहित रूपमा निर्वाचन गर्ने वातावरण बनाउन नसकेको जनाएका थिए।