SHARE
अन्नपूर्ण · शुक्रबार​ ३१ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

यी हुन् सरकारले फिर्ता बोलाएका राजदूतहरू

काठमाडौं : सरकारकाले विभिन्न ११ देशका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरिएको सरकारका प्रवक्ता जगदीश खरेलले बताए। उनीहरूलाई कात्तिक २० गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय भएको उनले बताए।