एमाले केन्द्रीय कमिटी बैठकमा १३४ नेताले दिए यस्ता सुझाव
काठमाडौं : नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो दिन १ सय ३४ जना सदस्यहरूले धारणा राखेका छन्। बिहीबार ललितपुरमा बसेको बैठकमा अध्यक्ष केपी ओलीको मुलुकको राजनीतिक परिस्थिति र हाम्रो नीति विषयक विशेष प्रस्तावमाथि १ सय ३४ जना सदस्यहरूले धारणा राखेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।बैठकमा सदस्यहरूले संविधान र जनअधिकारको रक्षाको लागि प्रतिनिधिसभाको पुनःस्थापना गरेर जार्नुपर्नेमा जोड दिएको गौतमले बताए।
