चालकको हत्या गरेर गाडी पाँचथर पुर्याउने व्यक्तिको पनि दुर्घटनामा मृत्यु
काठमाडौं : यही असोज २५ गते दिउँसो सिन्धुपाल्चोक घर भएका गाडी चालक सुरेश श्रेष्ठ दक्षिणकालीमा मृत भेटिए। ढुगांले हानेर हत्या गरिएको अवस्थामा उनको शव दक्षिणकालीको बैरेनीमा फेला परेको थियो। वरिपरि घर नभएको, प्राय मान्छेको आवतजावत पनि नहुने एकान्त जंगलमा निकै वीभत्स अवस्थामा उनको शव भेटिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी पवन भट्टराईका अनुसार घाँस काट्न जाने स्थानीयले शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए। शवको पहिचान गर्ने क्रममा उनी गाडी चालक रहेको खुलेको थियो।
