फूल तथा बिरुवाको रजिस्ट्रेसन सुरु
काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले फूल व्यवसायलाई औपचारिक रूपमा व्यवस्थित गर्न रजिस्ट्रेसन प्रक्रिया सुरु गरेको जानकारी दिएका छन्। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले असोज २९ गतेदेखि कात्तिक २ गतेसम्म ललितपुरको जावलाखेल खेलमैदानमा १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको उद्घाटन गर्दै उनले हालसम्म साढे ३ सय प्रजातिको फूल तथा बिरुवाको रजिस्ट्रेसन गरेको जानकारी दिएका हुन्।
