सवारी दुर्घटनामा परी गोरखाका पुस्तक व्यवसायीको मृत्यु
गोरखा : सवारी दुर्घटना परी गोरखाका एक पुस्तक व्यवसायीको मृत्यु भएको छ। गोरखाबाट ग २० प ८५५९ नम्बरको स्कुटरमा चढी चितवनतर्फ जाँदै गरेका पुस्तक व्यवसायी दामोदर घिमिरेको पर्यटकबाहक बसले बिहीबार दिउँसो एक बजे ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ।सिरानचोक गाउँपालिका छोप्राक घर भई गोरखा बजारमा पुस्तक व्यवसाय गरी बस्ने ४० वर्षका घिमिरेलाई चितवनको रामनगरमा बा.प्र.०१–००१ प १६८४ नम्बरको बसले ठक्कर दिएको थियो।
