SHARE
अन्नपूर्ण · शुक्रबार​ ३१ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

झुम्का कारागारबाट फरार कैदी स्कुटर चोरेर भाग्दै गर्दा पक्राउ, सिन्धुलीबाट भागेका पनि समातिए

विराटनगर : जेनजी आन्दोलनको बेला सुनसरीको झुम्का र सिन्धुली कारागारबाट फरार भएका दुई जना कैदी मोरङमा पक्राउ पक्राउ परेका छन्। दुवै जनालाई प्रहरीले छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको हो। सुनसरीको इटहरी उपमहानगरपालिका–२ घर भएका २९ वर्षीय छोटु भनिने अभिषेक जैसवाल बुधबार राति विराटनगरमा चोरीको स्कुटरसहित पक्राउ परेका छन्। उनी भदौ २४ गते राति झुम्का कारागारबाट भागेका थिए।