पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
काठमाडौं : माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको छ। जिल्ला अदालत काठमाडौंले बुधबार थुनछेक बहसपछि महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।सुन तस्करी प्रकरणमा महरा गत आइतबार पक्राउ परेका थिए। तारेखमा रिहा भएका उनी त्यसअघि २०८० साल चैत ५ गते भैरहवाबाट पक्राउ परेका थिए। पछि सीआईबीका अनुसन्धान अधिकृतको सिफारिसका आधारमा सरकारी वकिलको कार्यालयले उनलाई हाजिरी जमानतामा छोडेको थियो।
