एमाले बैठकमा ५० जनाले राखे धारणा, दिए यस्ता सुझाव
काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको पहिलो दिन ५० जना सदस्यले धारणा राखेका छन्। बुधबारबाट ललितपुरमा सुरु बैठकको पहिलो दिन अध्यक्ष केपी ओलीको मुलुकको राजनीतिक परिस्थिति र हाम्रो नीति विषयक विशेष प्रस्तावमाथि ५० जना सदस्यले धारणा राखेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।धारणा राख्ने सदस्यहरूले जेनजी आन्दोलनका क्रममा भएका घटना, अन्तरिम सरकार गठनको प्रक्रियाका साथै संसद् विघटनका विषयमा आवश्यक सुझाव आएको उनले बताए।
