SHARE
अन्नपूर्ण · बिहीबार ३० असो २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

ट्रम्पले भने– भन्सार डरले ब्रिक्स छोड्दैछन्

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक ब्रिक्स देशहरूलाई निशाना बनाएका छन्।ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले  भने,ʻमैले ब्रिक्समा सामेल हुन चाहनेहरूलाई भनेको थिएँ, त्यो ठीक छ। तर हामी तपाईंको देशमा शुल्क लगाउनेछौं। त्यसपछि सबैले ब्रिक्स छोडे। तिनीहरू सबै ब्रिक्स छोड्दैछन्।ʼउनले थप भने,ʻब्रिक्स डलरमाथि आक्रमण थियो।  मैले भनेँ कि यदि तपाईं यो खेल खेल्न चाहनुहुन्छ भने म अमेरिकामा आउने तपाईंका सबै उत्पादनहरूमा शुल्क लगाउनेछु।