SHARE
अन्नपूर्ण · बिहीबार ३० असो २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

मेची राजमार्ग खुल्यो

इलाम : असोज १८ को अविरल वर्षाका कारण मेची राजमार्गको राजदुवाली खण्डमा बाटो भत्किएपछि अवरुद्ध मेची राजमार्ग बुधबार साँझदेखि वैकल्पिक मार्गबाट सञ्चालनमा आएको छ। मेची राजमार्गको इलाम नगरपालिका–१० स्थित सिमल गोलाई हुँदै इलाम नगरपालिका–८ को तिल्केनी जोड्ने वैकल्पिक मार्गका लागि जोगमाई खेलामा अस्थायी डाइभर्सन बनाउने काम सम्पन्न भएसँगै साँझबाट गाडीहरू सञ्चालनमा आएका हुन्। वर्षासँगै इलाम सदरमुकामसहित पाँचथर, ताप्लेजुङसम्मका गाडी रोकिएका थिए।