पाकिस्तान र तालिबान ४८ घण्टाको युद्धविराममा सहमत
काठमाडौं : पाकिस्तानको विदेश मन्त्रालयले तालिबान अन्तरिम सरकारको अनुरोधमा ४८ घण्टाको युद्धविराम घोषणा गरिएको पुष्टि गरेको छ।बीबीसी उर्दूका अनुसार तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले युद्धविरामको पुष्टि गरेका छन्।पाकिस्तानको विदेश मन्त्रालयका अनुसार आज साँझ ६ बजेदेखि युद्धविराम लागू भएको छ। तालिबानको अन्तरिम सरकारले पनि यस अवधिमा वार्ताका लागि अनुरोध गरेको छ।पाकिस्तानले अफगान तालिबानको अनुरोधमा युद्धविराम लागू गरिएको बताएको छ।
