SHARE
अन्नपूर्ण · बिहीबार ३० असो २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

प्रहरीको हतियार खोस्ने राजु सातौं पटक पक्राउ

काठमाडौं : जेनजी आन्दोलनका बेला सुरक्षाकर्मीको हतियार खोसेर सिंहदरबारको गेटमा पोजिसन लिने सम्राट भनिने राजु परियार पक्राउ परेका छन्। आन्दोलनका क्रममा उनले प्रहरीले चलाउने एसएलआर खोसेर देशको केन्द्रीय प्रशासनिक क्षेत्र सिंहदरबारको मूल गेटमा पोजिसन लिएका थिए। कालो ट्राउजर, कालो टोपी र कालै माक्स लगाएर सिंहदरबारको गेटमा ताकिरहेका युवक हुन्, ललितपुरका ३६ वर्षीय राजु परियार। प्रहरीको सेल्फ-लोडिङ राइफल (एसएलआर) कक गर्दै पोजिसन लिएको उनको फोटो चर्चित बनेको थियो।