टस जितेर ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं : आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा नेपालले ओमानविरुद्ध टस जितेर ब्याटिङ गर्ने भएको छ। ओमानको अल अमेरत क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका छन्। आजको खेलमा नेपालको टिममा १ परिवर्तन गरिएको छ। सन्दीप जोराको स्थानमा लोकेश बमले आज प्लेइङ ११ मा स्थान बनाएका छन्।
