SHARE
अन्नपूर्ण · बिहीबार ३० असो २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

नेपालको पावरप्लेमा राम्रो सुरुवात

काठमाडौं : आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा नेपालले पावरप्लेमा ५३ रन बनाएको छ। ओमानको अल अमेरत क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले बिना कुनै विकेटको क्षती ५३ रन बनाउँदै राम्रो सुरुवात गरेको हाे। नेपालको लागि ओपनर ब्याटरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रमशः ३२ र २० रन बनाएर खेलिरहेका छन्।