SHARE
अन्नपूर्ण · बिहीबार ३० असो २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

टीओबी समूहका तेन्जेन दावाको जन्मदर्ता नै शंकास्पद

काठमाडौं : हतियार बोकेको फोटो-भिडियो सार्वजनिक भएपछि प्रहरी हिरासतमा पुगेका तेन्जिङ दावा लामाको जन्मदर्ता शंकास्पद् देखिएको छ। तिव्वतीयन ओरिजीनल ब्लड ‘टिओबी’ नामक समूह बनाएर नेपालमा विभिन्न गतिविधि गर्दे आएका लामा यसका लिडर हुन्। जेनजी आन्दोलनका क्रममा टिओबी लेखिएको ज्याकेट लगाएर आन्दोलनमा गएका उनीहरू विभिन्न सरकारी संरचना तोडफोडमा समेत सक्रिय भएका थिए। दावाले प्रहरीमा बुझाएको जन्मदर्तामा नेपाल सरकार र श्री ५ को सरकार दुवै छाप प्रयोग भएको छ।