SHARE
अन्नपूर्ण · बिहीबार ३० असो २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

कुशलको टी-२० अन्तर्राष्ट्रियमा १३ औँ अर्धशतक

काठमाडौं : आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको सुपर सिक्सको तेस्रो खेलमा नेपालका ओपनर कुशल भुर्तेलले ओमानविरुद्ध अर्धशतक प्रहार गरेका छन्। अल अमेरत क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालका लागि ओपनर कुशल भुर्तेलले टी२० अन्तर्राष्ट्रियमा १३ औँ अर्धशतक प्रहार गरेका छन्। उनले १३.१ ओभरमा ३८ बलमा ५ चौका र १ छक्कासहित अर्धशतक पूरा गरेका हुन्। १४ ओभरको खेल सकिँदा ४ विकेट गुमाउँदै ९४ रन बनाएको छ। हाल हुशल भर्तेल ५५ रनमा अविजित खेलिरहेका छन्।