कुशल भुर्तेलको अर्धशतकमा नेपालले ओमानलाई दियो १५२ को विजयी लक्ष्य
काठमाडौं : आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया क्षेत्र छनोट अन्तर्गतको सुपर सिक्सको तेस्रो खेलमा नेपालले ओमानलाई १५२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको हो। नेपालको लागि कुशल भुर्तेलले ६९ रनको अर्धशतकीय पारी खेले ।उनले ५१ बलमा ७ चौका र १ छक्का प्रहार गरे। नेपालले पहिलो विकेटको रुपमा ७.३ ओभरमा आसिफ शेखको विकेटि गुमायो।
