SHARE
अन्नपूर्ण · बिहीबार ३० असो २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

सोमपालले दिलाए नेपाललाई पहिलो विकेट

काठमाडौं : आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको सुपर सिक्सको तेस्रो खेलमा ओमानविरुद्ध नेपालको लागि सोमपाल कामीले पहिलो विकेट लिएका छन्। उनले ओमानका कप्तान जितेन्द्र सिंहलाई २.४ ओभरमा १४ रन बनाउँदै दीपेन्द्र सिंह ऐरीको हातमा क्याच गराए। नेपालले दिएको १५२ रनको विजयी लक्ष्य पछ्याएको ओमानले ३ ओभर सक्दा १ विकेट गुमाउँदै १५ रन बनाएर खेलिरहेको छ।