SHARE
अन्नपूर्ण · बिहीबार ३० असो २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

पावरप्लेमा ओमानले गुमायो ३ विकेट

काठमाडौं : आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको सुपर सिक्सको तेस्रो खेलमा ओमानविरुद्ध नेपालले दोस्रो इनिङ्सको पावरप्लेमा ३ विकेट लिएको छ। नेपालले दिएको १५२ रनको विजयी लक्ष्य पछ्याएको ओमानले पावरप्लेमा नेपाल ओमानभन्दा अगाडी रहेको छ। ओमानले पावरप्लेमा ३ विकेट गुमाउँदै २९ रन बनाएर खेलिरहेको छ। नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिए। उनले ओमानका कप्तान जितेन्द्र सिंहलाई २.४ ओभरमा १४ रन बनाउँदै दीपेन्द्र सिंह ऐरीको हातमा क्याच गराए।