तृतराज बने एनपीएलमा अर्धशतक हिर्काउने छैटौं खेलाडी
जनकपुर बोल्ट्सका तृतराज दास राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतक हिर्काउने छैटौं खेलाडी बनेका छन् । तृतले पोखरा एभेन्जर्सविरूद्धको खेलमा ५१ बलमा ५० रन पूरा गरे। उनको अर्धशतकमा ६ चौका र १ छक्का सामेल छन् । यसअघि जारी प्रतियोगितामा पाँचौ अर्धशतक हिर्काउने खेलाडीमा कर्णाली याक्सका कप्तान सोमपाल कामी बनेका थिए ।
